नियम
करारद्वारा काममा लगाउने अवस्था

देहायको अवस्था परेमा बाहेक अन्य कुनै अवस्थामा करारद्वारा कुनै व्यक्तिलाई काममा लगाउन सकिनेछैनः–

(क) नेपाल सरकारको कुनै खास काम गर्नको लागि नेपाल सरकारको सम्बन्धित निजामती सेवाभित्र उपयुक्त व्यक्ति नभएमा, वा

(ख) नेपाल सरकारको कुनै विशेषज्ञ कर्मचारीले अवकाश प्राप्तगर्दा निजको काम सम्हाल्न अर्को कुनै योग्य सरकारी कर्मचारी नभई निज नै विशेषरूपमा उपयुक्त भएमा ।